अ+
अ
अ-
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल बिरामी परेका छन्।
नेपाल सरकारको आयोजनामा निर्माणाधीन सुदूरपश्चिमका विभिन्न पूर्वाधार आयोजनाको स्थलगत निरीक्षण तथा भ्रमणका क्रममा बैतडी पुगेका मन्त्री लम्सालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौं ल्याइएको हो।
मन्त्री लम्साललाई नेपाली सेनाको स्काईट्रकमार्फत बैतडीबाट काठमाडौं ल्याइएको बताइएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।
सुदूरपश्चिम भ्रमणका क्रममा मन्त्री लम्सालले निर्माणाधीन पूर्वाधार आयोजनाको अवस्था, कामको प्रगति तथा स्थानीय तहमा देखिएका समस्याबारे स्थलगत जानकारी लिने कार्यक्रम रहेको थियो


