काठमाडौं । भारतीय सेनाप्रमुख जनरल धिरज सेठ आज काठमाडौं आइपुग्ने भएका छन्। उनी पाँचदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आउने कार्यक्रम रहेको छ।
सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ।
नेपाल र भारतका सेनाप्रमुखलाई एकअर्को देशको मानार्थ महारथीको सम्मान प्रदान गर्ने परम्परा सन् १९५० देखि चलिआएको छ। यही परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि सन् २०२४ मा भारतको मानार्थ महारथीको सम्मान प्राप्त गरेका थिए।
भ्रमणका क्रममा भारतीय सेनाप्रमुखले नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देलसँग द्विपक्षीय सैन्य सहकार्यलगायत विषयमा छलफल गर्नेछन्। प्रधानमन्त्रीसँग पनि भेटवार्ताको कार्यक्रम रहेको प्रधानमन्त्री स्राेतले जानकारी दिएको छ।


