अ+
अ
अ-
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलाले पार्टीको १५औँ महाधिवेशनको तयारी अघि बढाउने जिम्मेवारी पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिएको छ।
आइतबार सम्पन्न भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वकै कार्यसमितिले १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।
महाधिवेशन तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक समन्वय तथा प्रक्रिया अघि बढाउने जिम्मेवारी डा. कोइरालालाई दिइएको भेलामा सहभागी नेताहरूले बताएका छन्।
भेलाले पार्टीको आगामी महाधिवेशनलाई समयमै सम्पन्न गर्ने वातावरण निर्माण गर्न संगठनात्मक तयारी, आन्तरिक समन्वय र आवश्यक प्रक्रियालाई अघि बढाउने विषयमा समेत जोड दिएको छ।

