कांग्रेस इतर समूहको राष्ट्रिय भेला : पाँचवटै प्रतिवेदन परिमार्जनसहित पारित

अ+
अ
अ-

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा प्रस्तुत पाँचवटै प्रतिवेदन परिमार्जनसहित पारित भएका छन्।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी भेलामा राजनीतिक, सांगठनिक, समसामयिक नीति, आर्थिक नीति तथा कानुन–विधानसम्बन्धी प्रस्तावमाथि प्रतिनिधिहरूले समूहगत छलफल गरेका थिए।

छलफलका क्रममा प्रतिनिधिहरूले दिएका सुझाव तथा धारणा समेटिएपछि प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएका थिए। त्यसपछि पाँचवटै प्रस्तावलाई आवश्यक संशोधनसहित भेलाले पारित गरेको हो।

भेलाबाट पारित प्रतिवेदनले कांग्रेसको आन्तरिक संगठन, समसामयिक राजनीतिक विषय, आर्थिक नीति तथा पार्टीको कानुनी र विधानसम्बन्धी विषयमा आगामी दिशाबारे धारणा तय गर्ने अपेक्षा गरिएको छ।