अ+
अ
अ-
काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो साता सुनको मूल्य ३ लाख ८ हजार रुपैयाँको हाराहारीसम्म पुगेको थियो।
साताको सुरुवातमै सुनको मूल्य घटेपछि बजारमा सुनको कारोबारमा समेत त्यसको प्रभाव देखिएको छ।
यस्तै, तेजाबी सुन प्रतितोला ३ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यसैगरी, चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघले सार्वजनिक गरेको दैनिक मूल्य विवरणअनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा घटबढ हुने गरेको छ।

