अ+
अ
अ-
जाजरकोट । निरन्तर परिरहेको वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ सिराङमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।
पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले पुष्टि गरेका छन्। मृत्यु हुनेमा भेरी नगरपालिका–२ का ५२ वर्षीय केदार खत्री, ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्री रहेका छन्।
उमा सिंह खत्री र रति खत्रीलाई उद्धार टोलीले मृत अवस्थामा फेला पारेको जनाइएको छ। घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।
डीएसपी थापाका अनुसार पहिरोका कारण रिसाङ क्षेत्रमा आठ वटा घरमा क्षति पुगेको छ। बेपत्ता दुई जनाको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।


