“बालबालिकाको मनाेभावना बुझेर कदम चाल्ने असल अभिभावक हुन्´´- प्रशिक्षक दीपक बास्कोटा

अ+
अ
अ-

बालमनाेपरामर्शदाता दीपक बास्कोटाले बालबालिकाको भविष्य निर्माणमा अभिभावकको भूमिका महत्वपूर्ण हुने भएकोले बच्चाको चाहना, रुचि र क्षमतालाई बुझेर बालबालिकालाई अघि बढाउनु सुझाब दिनु भएको छ।

उहाँले बालबालिकालाई फुटबलसँग तुलना गर्दै भन्नू भयो , “बच्चा फुटबलजस्तै हो, त्यसलाई सही दिशामा हिँडाउनुपर्छ। अनि मात्रै गाेलपाेष्टमा पुर्याउन सकिन्छ । बच्चालाई उत्साहित बनाउने, प्रोत्साहन दिने र उसलाई आफ्नै सपना देख्ने वातावरण बनाउनु अभिभावककाे दायित्व हो ।

अभिभावकले बच्चाहरुलाई पढ्न मात्रै दबाब दिनु हुदैन्। उसले के गरिरहेको छ, के सोचिरहेको छ र उसको रुचि केमा छ भन्ने कुरालाई ध्यान दिनुपर्छ। बच्चाका प्रश्नको उत्तर दिने, उसको जिज्ञासा समाधान गर्ने तथा अभिभावक र बच्चाबीचको स्वभाव नमिले पनि संवादको वातावरण बनाइराख्नुपर्ने उहाँकाे भनाइ छ।

बस्काेटाले बालबालिकालाई सानैदेखि संस्कार सिकाउनुपर्नेमा जोड दिनु भयो । बिहान उठ्दा अभिवादन गर्ने,धार्मिक परम्परागत संस्कार,आदर-सम्मान देखि व्यवहार र व्यक्तित्व विकास हुने राम्रा कुरा भन्ने र त्यसकाे अभ्यास गराउनु पर्छ । “हामीले पहिले- पहिला संस्कारलाई महत्व दिन्थ्यौँ, अहिले आधुनिकताको नाममा त्यो संस्कार छोड्दै गएका छौँ।”त्यसले पनि प्रत्यक्ष असर गरिरहेको छ। जब हामीले धर्म,संस्कार,आचरण, सम्मान,प्रेम र मायाका कुरा भुल्छौ,तब शून्यमा झर्न थाल्छौ। त्यसले हामीलाई नैरास्यता तिर लैजाने उहाँको अनुभव छ।

बालबालिकालाई अरूसँग तुलना गर्दा हिनताबाेध हुन सक्छ।बास्कोटाले ठूलो–सानो, धनी–गरिब वा अन्य कुनै आधारमा तुलना गर्दा बच्चामा हीनताबोध हुनुका साथै आत्मसम्मानमा चाेट पुग्न सक्छ । त्यसकुरालाई विशेष ध्यान दिनु पर्छ। बच्चाको आफ्नै क्षमता र सम्भावनालाई प्राेत्साहन हुने र त्यसकाे पहिचान गर्न सक्ने तिर अभिप्रेरित गर्न जरुरी छ।

अभिभावकले बालबालिकालाई आफ्नो पहिचान गर्न सहयोग गर्नु पर्छ। उनिहरुलाई आफ्नो उद्देश्यबारे सोच्न र त्यसलाई लेख्नसमेत प्रेरित गर्नुपर्ने बास्काेटाकाे सुझाव छ। उमेर अनुसार सपना देख्न र सपना लेख्न लगाउनुले सम्भावनाको खाेजी गर्न मद्दत गर्छ। “म को हुँ?” भन्ने प्रश्नको उत्तर पहिलो हो । कुनै पनि व्यक्तिले आफ्नो बारे थाहा पाएपछि अरुकाे बारेमा साेच्ने गर्छन् र थप अध्यायन गर्छन् । देखेपछि ,साेच्नु र साेचेपछि लेख्नु नै इतिहास बनाउन तत्पर हुने संकेत हो ।

त्यसकारण आफू र आफ्नो पहिचान खोज्दै मात्र जीवन बिताउनुभन्दा आफू केका लागि जन्मिएको हुँ? मेरो उद्देश्य, जिम्मेवारी र कर्तव्य के हो भन्ने बुझ्न आवश्यक रहेको बास्काेटाले बताउनु भयो । टुकी नेटवर्कसँगकाे अन्तरंङ्ग कुराकानीमा उहाँले भन्नुभयो ,`बालबालिकालाई आफू जन्मिएको स्थान र आफ्नो जन्मको महत्व बुझाउन सके जीवनको उद्देश्य पहिचान गर्न सहयोग गर्छ। त्यसमा अभिभावककाे थप भूमिका रहन्छ।

बालबालिकालाई हरेक कुरामा छुट नदिन अभिभावकलाई उहाँको सुझाव छ। जीवनकाे दु: ख,पीडा,भाेगाईमा सहयात्री बनाउनु पर्छ। हरेक कुरामा छुट दिंदा बालबालिकाले गल्ती दाेहाेर्याउने सम्भावना रहन्छ। सुखी जीवन र आबाश्यकता पूर्तिले उनिहरुकाे सहनशीलतामा कमि हुन जान्छ। सामुदायिक सहभागीता र घुलमिलमा पनि बालबालिकालाई उत्तिकै अभिप्रेरित गर्नु पर्छ।

बास्कोटाले आफ्नो अनुभव सुनाउँदै भन्नू भयो,“एक विद्यालयकाे कक्षा १० मा पढ्ने ६४ जना विद्यार्थीलाई आफ्नो जीवनकाे उद्देश्य लेखेर ल्याउन भनेकाे थिएँ। साे कक्षाका ६३ जनाले उद्देश्य लेखेर ल्याएका थिए तर एक जनाले केही लेखेका रहेनछन् । विद्यार्थीहरु सबैले उसलाई हाँसेर उडाए। किन तिमीले आफ्नो उदेश्य नलेखेकाे भनी साेध्दा, अगाडि आएर भन्छु भने,त्यसपछि ती विद्यार्थीलाई अगाडि बाेलाएँ।

उहाँ त्यो क्षण सम्झिएर केही उत्साहित र केही निराश हुँदै भन्नू हुन्छ,“ ती विद्यार्थीले कमेडी तरिकाले मेरो उदेश्य नै छैन, पाे भन्छन् ,सबै विद्यार्थी हाँसे। उनलेे भने-“ म अरु भन्दा फरक छु । ´´ के,कस्तो फरक हो ? भनेर साेध्दा उनी भन्छन्,` अरुले आफ्नो उदेश्य लेखे,मैले लेखिन्। त्यसैले म फरक छु ।´´

मेरो कक्षामा उद्देश्य नलेख्ने ती विद्यार्थीको रमाइलोपनले म प्रभावित भएँ। आफूले उनका अभिभावकलाई विद्यालयमा बोलाएको सुनाउँदै बालक सहित परिवारले काउन्सिल सेवा लिएकाे र ती विद्यार्थी आफू डाक्टर बन्न चाहेको बताएका थिए ।बास्काेटा भन्नुहुन्छ ।

उनकाे क्षमता र रुचि हेर्दा “त्यो बालकले डाक्टर बन्ने सपना सुनाए। विद्यालय छाेडेकाे करिब १० वर्षपछि उनी डाक्टर बनेछन्। उहाँले आश्चर्य मान्दै भन्नू भयो ,“एक दिन म सिभिल अस्पतालमा आफ्नाे बुबाको खुट्टाको उपचार गराउँन गएको थिएँ । संयाेगले उपचार गर्ने डाक्टर उनै विद्यार्थी पाे परेछन्। उनले भने सर तपाईंले गरदा म डाक्टर बनें। ती विद्यार्थीले डाक्टर बनेर पहिलो भेटमा मलाई गरेको सम्मान र आदरले आज पनि निकै गर्वको अनुभव हुन्छ। ,” उहाँ भन्नुहुन्छ ।

तसर्थ बालबालिकाको दिमागमा आउने अनावश्यक विचार र विचलनलाई निश्चित सीमाभित्र राख्न बानी गराउनु पर्छ र आफ्नो निश्चित उद्देश्यमा केन्द्रित हुन सिकाउनुपर्ने बताउनु हुन्छ। अभिभावकले अहिले पनि आफुले देखेकाे सपना केवल मनमा राख्ने होइन, लेख्न सुरु गर्नुपर्छ। बालबालिकाले सपना पूरा गरिदिउन भनेर बस्नु हुदैन्।

“आजको बच्चा अघिल्लो पुस्ताभन्दा धेरै एडभान्स छ। उ हामीले सोचे भन्दा धेरै माथि पुग्न सक्छ। त्यसैले उसकाे क्षमतालाई रोक्ने होइन, सही दिशामा अघि बढ्ने वातावरण सिर्जना गर्नु पर्छ,” बास्कोटाले भन्नुभयो । बच्चाहरुलाई आफूमा प्रेम गर्न र आफ्नो क्षमता तथा व्यक्तित्वप्रति प्रेम गर्न सिकाउनु जरुरी छ।बच्चालाई असल बनाउन अभिभावक स्वयं पनि असल उदाहरण बन्नुपर्ने उहाँकाे भनाइ छ।

अभिभावकले बालबालिकालाई समय दिने, सम्मान र कदर गर्ने अनि निरन्तर संवादमा रहनु पर्छ। बास्कोटाका अनुसार असल अभिभावकत्वका लागि बच्चालाई समय दिने, उसको कुरा ध्यानपूर्वक सुन्ने, प्रशंसा गर्ने, सम्मान गर्ने र तुलना नगर्ने संस्कार आवश्यक हुन्छ। अनुशासन सिकाउने तर त्यसका लागि आफैँ उदाहरण बन्नुपर्ने तथा विद्यालयसँग पनि सहकार्य गरेर बालबालिकाको विकासमा योगदान दिनु पर्छ।

असल अभिभावकले बच्चाको भावना बुझ्छन् र निःस्वार्थ माया गर्छन्। “आमा–बुबाले बच्चालाई दिने माया संसारको अन्य कुनै मायाभन्दा ठूलो हुन्छ,” – यसका थुप्रै उदाहरणहरु छन् । संवादका क्रममा उहाँले वैज्ञानिक थोमस एल्वड एडिसनको उदाहरणसमेत प्रस्तुत गर्नु भयो । बाल्यकालमा चकचके भएका एडिसनलाई विद्यालयले पढाउन कठिन भएको भन्दै घरमै राखेर पढाउन सुझाव दिएको थियो । उनलाई विद्यालय नपठाउन भनी अभिभावकलाई चिठ्ठा लेखियाे ।

थाेमसकि आमा विद्यालयले पठाएको पत्र पढेर रुनु भएको थियो । साे प्रसंग सुनाउँदै उत्साही भावमा बास्काेटाले उक्त किस्सा सुनाउनु भयो । हामी तपाईंको बच्चालाई सम्हाल्न र पढाउन सक्दैनौं भनेर लेखेकाे पत्रमा आमाले गर्व गर्दै शिक्षककाे भन्दा मेराे छाेराकाे क्षमता अलग छ भनेर विस्वास गरिन् र छाेरालाई विद्यालय पठाइनन्। पछि एडिसनले ठूलो सफलता हासिल गरे । उनी संसारका प्रसिद्धि बैज्ञानिक बने। विश्वले चिन्याे ,इतिहास बनाए। उनी सफल भएपछि पुरानो घरमा गए। घरमा भेटिएको एउटा पत्रमा आफूलाई त्यतिबेला विद्यालयले प्रतिभाविहीन भएको उल्लेख रहेको थाहा पाए। त्यसबाट उनी भावुक भएको प्रसंग पढन पाइन्छ । कसैकाे ज्ञमता र ज्ञान माथि प्रश्न गर्न नहुने उहाँको अनुभवले बताएको छ। अभिभावकले बालबालिकाले पढेन्, बच्चामा क्षमता छैन,भनेर अरुसँग तुलना गर्नु भन्दा हरेककाे आफ्नै क्षमता हुन्छ भन्ने विश्वास गरेर अगाडि बढ्न प्रेरित गर्नु पर्छ,- बास्काेटा भन्नू हुन्छ।