अ+
अ
अ-
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गगन थापा समूहले विशेष महाधिवेशनमार्फत बनाएको समिति वैधानिक नभएको बताएका छन्।
उनले अब १५औँ महाधिवेशनबाट मात्रै वैधानिकता प्राप्त गर्ने र अहिले १४औँ महाधिवेशनबाट निर्वाचित समिति नै वैधानिक रहेको दाबी गरेका छन्।
पार्टीविपरीत गतिविधि गरेर विशेष महाधिवेशनबाट बनाइएको कमिटीले कुनै पनि हालतमा कानुनी मान्यता नपाउने उनको जिकिर थियो।


