अ+
अ
अ-
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले सामाजिक संजालमा श्रेष्ठलाई राक्षसकाे संज्ञा दिएकी थिइन् ।
ठाकुरले सामाजिक सञ्जालमा लेख्दै जनआस्थामा प्रकाशित समाचारलाई इंगित गर्दै भाषाशैली र तस्बिरलाई ‘राक्षस’को संज्ञा दिएकी थिइन् । उनले युवतीलाई आत्महत्या गर्न दुरुत्साहन गर्ने खालको भाषा र तस्बिर प्रयोग गरेको आरोपसमेत लगाएकी छन्।
उनले केही महिलाको चरित्र हत्या गरेको आरोप लगाउँदै पत्रकार आचारसंहिताविपरीत काम गरेको दाबी गरेकी छन्। अन्त्यमा उनले प्रश्न गरेकी छन्, ‘यो राक्षसलाई के भन्ने ?’
ठाकुरको उक्त अभिव्यक्ति पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणसँग जोडिएको छ। श्रेष्ठलाई उपसभामुख ठाकुरको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको भन्ने छ । सप्तरीका सांसद अमरकुमार चौधरीले साइबर अपराधकाे मुद्दा हालेका थिए ।


