शेरबहादुर देउवा काठमाडौं अवतरण

अ+
अ
अ-

काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं आइपुगेका छन्। देउवा बिहीबार दिउँसो १२ः२५ बजे थाई एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

जेनजी आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि विदेश गएका देउवा लामो समयपछि स्वदेश फर्किएका हुन्। उपचारका क्रममा उनी सिंगापुर, हङकङ हुँदै थाइल्यान्ड पुगेका थिए।

कांग्रेसको संस्थापन इतर समूहले शुक्रबारदेखि काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त भेलालाई पार्टीको आन्तरिक एकता र भावी राजनीतिक दिशाका विषयमा महत्वपूर्ण मानिएको छ।