अ+
अ
अ-
काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कंदै हुनुहुन्छ। उपचारका क्रममा केही समयदेखि सिंगापुरमा रहनुभएका देउवा थाई एयरलाइन्सको विमानबाट दिउँसो १२ः२५ बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको छ।
देउवालाई स्वागत गर्न नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएका छन्। विमानस्थलमा ‘पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका श्रद्धेय सभापति शेरबहादुर देउवाज्यूलाई हार्दिक स्वागत गर्दछौँ’ लेखिएको ब्यानरसहित कार्यकर्ताहरूको उपस्थिति देखिएको छ।
देउवाको स्वागतका लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले समेत ठूलो ब्यानर लिएर विमानस्थल पुगेको छ। देउवा स्वदेश फर्किएसँगै कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि थप सक्रिय हुने छ।


