पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै धर्ना

अ+
अ
अ-

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर, भद्रकालीमा धर्ना दिएको छ।

श्रेष्ठको तत्काल रिहाइ तथा प्रेस स्वतन्त्रताको संरक्षणको माग गर्दै महासंघले धर्ना कार्यक्रम आयोजना गरेको हो। धर्नामा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरू सहभागी भएका थिए।

सहभागीहरूले पत्रकारमाथि हुने दमन र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै कानुनी प्रक्रियाको सम्मान गर्न तथा सञ्चार क्षेत्रको स्वतन्त्रता सुनिश्चित गर्न आग्रह गरेका छन्।

महासंघले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएकाले पत्रकारमाथि हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि स्वीकार्य नहुने जनाएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी