अ+
अ
अ-
काठमाडौं ।काठमाडौं महानगरपालिका-३, महाराजगञ्जस्थित टप ग्लोबल इन्भेस्टमेन्ट प्रालिले नियामक निकायबाट अनुमति नलिई घरजग्गा धितो राखी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले कम्पनीका सञ्चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त कम्पनीले ऋण उपलब्ध गराउने नाममा सेवाग्राहीसँग अग्रिम २० प्रतिशत रकम डिपोजिट गर्न लगाई, फिल्ड भिजिट गरी आफूखुसी ब्याज निर्धारण गरेर गैरकानुनी रूपमा ऋण उपलब्ध गराउँदै आएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको हो।
प्रहरी टोलीले कम्पनीका सञ्चालक ४१वर्षीय नवीना गुरुङलाई पक्राउ गरेको जनाएको छ। गुरुङलाई सोधपुछ तथा अनुसन्धानका क्रममा नेपाल राष्ट्र बैंक ऐनसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


