महाभारत गाउँपालिका अध्यक्ष जिम्बा ४० वर्षमुनिका ४० युवाको सूचीमा

अ+
अ
अ-

काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा अनलाइनखबरले सार्वजनिक गरेको ४० वर्षमुनिका ४० युवाको सूचीमा पर्नुभएको छ।

स्थानीय तहमा रहेर सडक सञ्जाल विस्तार, विद्युतीकरण, कृषि तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै गाउँपालिकाको विकास र समृद्धिमा योगदान पुर्‍याएको भन्दै जिम्बालाई उक्त सूचीमा समेटिएको हो।

महाभारत गाउँपालिकाले स्थानीयका लागि घरदैलो स्वास्थ्य सेवा सञ्चालन गर्नुका साथै स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम गर्दै आएको छ। गाउँपालिकाको नेतृत्वमा जिम्बाले विकास निर्माण र जनसेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।

४० वर्षमुनिका ४० युवाको सूचीमा पर्नुभएकोमा अध्यक्षकाे पालिका तेस्राे वर्ष पनि महालेखा परिक्षककाे प्रतिवेदनमा शून्य बेरुजु स्थानीय तह बन्न सफल भएको थियो ।