जनआस्था साप्ताहिकका प्रकाशक किशोर श्रेष्ठ पक्राउ

अ+
अ
अ-

काठमाडौं । जनआस्था साप्ताहिकका प्रकाशक तथा पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्।

प्रहरीका अनुसार श्रेष्ठलाई बुधबार ललितपुरको कुसुन्डीबाट पक्राउ गरिएको हो। अमरकान्त चौधरीको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

केही दिनअघि जनआस्था साप्ताहिकमा चौधरी र एक युवतीसँग सम्बन्धित अश्लील दृश्य सार्वजनिक भएको थियो। उक्त सामग्री प्रकाशित भएपछि चौधरीले दिएको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

श्रेष्ठमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।