अ+
अ
अ-
काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा माओवादी र नेकपा मसालबीच सहमति भएको छ।
मसालका महासचिव मोहनविक्रम सिंह तथा दुई दलका नेताबीच बुधबार भएको छलफलमा लुम्बिनी प्रदेशमा सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति भएको हो।
दुई बुँदे सहमतिअनुसार लुम्बिनी प्रदेश सरकार सञ्चालनसँगै प्रदेशका विकास निर्माणका काममा सहकार्य गर्ने उल्लेख छ। यस्तै, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगामी शक्तिविरुद्ध हुने आन्दोलनमा समेत सहकार्य गर्ने सहमति भएको छ।
बुधबार भएको उक्त सहमतिले लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नयाँ राजनीतिक समीकरणको आधार तयार गरेको छ।


