सुनको मूल्य १ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

अ+
अ
अ-

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आजको मूल्यमा १ हजार २०० रुपैयाँले कमी आएको हो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।।

यससँगै नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।