राष्ट्रिय सभाको बैठक आज, तीन विधेयक कार्यसूचीमा

अ+
अ
अ-

काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभाको बैठक आज बुधबार दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ। राष्ट्रिय सभा सचिवालयका अनुसार बैठकका लागि विभिन्न विधेयकसम्बन्धी कार्यसूची तय गरिएको छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रिय सभामा टेबल गरिनेछ।

वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।