केन्द्रीय कार्यसमितिको बैठक २२ केन्द्रीय सदस्यले राखे धारणा

अ+
अ
अ-

केन्द्रीय कार्यसमितिको बैठकमा आज २२ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन्। छलफल भने जारी रहेको कांग्रेसले जनाएको छ।

बैठकमा राजीव कोइराला, भरतकुमार शाह, दिलकुमारी राई, शम्भुलाल श्रेष्ठ, रेशमबहादुर बानियाँ, जीतनारायण श्रेष्ठ, रमेश धमला, डा. केदारनरसिंह केसी, तीर्थजंग शाही, बजरंग नेपाली, उमा दाहाल, पवित्राकुमारी अर्याल, केशवराज शर्मा आचार्य, धर्मबहादुर दर्जी नेपाली, सूर्यबहादुर विक, दिनेश सुनार, उमा शिवाकोटी, बाला अधिकारी, सम्झना खत्री, रामरूपप्रसाद कुर्मी, नरेन्द्रप्रसाद भट्ट र केन्द्रीय सदस्य एवं मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले धारणा राखेका छन्।

केन्द्रीय कार्यसमितिको बैठक भोलि साउन २६ गते मंगलबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ।