तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

+
-

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित जस्ता–टहरा घरमा हारजित हुने गरी जुवा–तास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन २४ गते साँझ करिब ५ः२० बजे जुवा–तास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली उक्त स्थानमा पुगेको थियो। चेकजाँचका क्रममा जुवा–तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले जुवाखालबाट ३ बुक तास, नगद १ लाख ९९ हजार ८ सय ४५ रुपैयाँ तथा १५ थान मोबाइल बरामद गरेको जनाएको छ।

नियन्त्रणमा लिइएका १४ जनामाथि जुवासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।