अ+
अ
अ-
तस्विर :- प्रधानमन्त्रीकाे सचिवालय
काठमाडौं । प्रधानमन्त्री बालेंन साहले नेपालका लागि चिनियाँ राजदूत झाङ माओझिङसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री साह र राजदूत माओझिङबीच नेपाल-चीन सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयनिकट स्रोतले जनाएको छ।
स्रोतका अनुसार भेटमा नेपाल र चीनबीच ऐतिहासिक समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुमधुर तथा मजबुत बनाउने विषयमा कुराकानी भएको थियो।
भारतीय राजदूतसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री साहले चिनियाँ राजदूतसँग पनि भेट गरेका हुन्। छिमेकी मुलुकका राजदूतसँगको भेटलाई प्रधानमन्त्रीको कूटनीतिक सक्रियताका रूपमा हेरिएको छ।


