ग्यास आपूर्तिबारे भ्रममा नपर्न आयल निगमको आग्रह

अ+
अ
अ-

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको आपूर्तिबारे सर्वसाधारणलाई भ्रममा नपर्न आग्रह गरेको छ। निगमले विभिन्न ग्यास उद्योग तथा कम्पनीहरूलाई दैनिक रूपमा ग्यास उपलब्ध गराउँदै आएको जनाएको छ।

निगमका अनुसार आज मनोज ग्यास उद्योगलाई २ हजार ९५ सिलिन्डर, कनकाई ग्यास उद्योगलाई २ हजार ७७० सिलिन्डर र लुम्बिनी ग्यास कम्पनी प्रालिलाई १ हजार ४६१ सिलिन्डर एलपी ग्यास उपलब्ध गराइएको छ।

निगमले ग्यास उद्योगहरूलाई नियमित रूपमा ग्यास वितरण भइरहेको स्पष्ट पार्दै आपूर्तिका विषयमा अनावश्यक भ्रममा नपर्न सर्वसाधारणलाई अनुरोध गरेको हो।

निगमका अनुसार विभिन्न उद्योगहरूले बिक्री–वितरण गर्ने एलपी ग्यासको विवरणसमेत सार्वजनिक गरिएको छ।