प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

अ+
अ
अ-

तस्विर :- प्रधानमन्त्रीकाे सचिवालय
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकाल सफलताको हार्दिक शुभकामना व्यक्त गरेका थिए। उनले नेपाल–भारतबीच रहँदै आएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहकार्य र साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाह र राजदूत श्रीवास्तवबीचको भेटलाई नेपाल–भारत सम्बन्ध तथा आगामी विकास सहकार्यका विषयमा महत्वपूर्ण भेटका रूपमा हेरिएको छ।