प्रधानमन्त्री बालेन्द्र शाह र सभापति लामिछानेबीच भेटवार्ता

अ+
अ
अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

आइतबार साँझ प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच भेटवार्ता भएको हो।

आफु एक्लिएको र सरकार सञ्चालनमा अव्यवस्था देखिएको भन्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेपछि सभापतिले भेटेको स्रोतले जनाएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहको भारत भ्रमण, सभापति लामिछानेको चीन भ्रमण, संवैधानिक निकायका पदाधिकारी नियुक्ति तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ।

भेटघाटमा प्रधानमन्त्रीनिकट कुमार बेन लगायत नेताहरूको सहभागिता रहेको स्रोतले जनाएको छ।