काठमाडौं । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क क्षेत्रमा नगद तथा मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा नयाँबसपार्कस्थित एक गेस्ट हाउसको कोठाबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट ७ थान मोबाइल, नगद ५७ हजार ९६१ रुपैयाँ, १ थान ताल्चा र १ थान हेक्सो ब्लेड बरामद गरेको जनाएको छ। उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा:उदयपुर, उदयपुरगढी गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने ३२ वर्षीय चरण मगर,तनहु शुक्लागण्डकी नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने ३३ वर्षीय राजकुमार गुरुङ छन् ।
यस्तै महोत्तरी, बर्दिबास नगरपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने ३३ वर्षीय प्रशान्त जंग शाही ,रामेछाप, रामेछाप नगरपालिका–५ घर भई हाल काठमाडौं बस्ने ३१ वर्षीय विजय बाबु घिसिङ रहेका छन्।


