नेपाल राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको विनिमय दर

अ+
अ
अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा तोकिएको छ।

यस्तै, युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ प‌ैसा तोकिएको छ।

स्विस फ्रांक एकको खरिददर १८७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३३ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, यूएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्विडिस क्रोन, डेनिस क्रोन, हङकङ डलर र कुवेती दिनारलगायत विदेशी मुद्राको पनि खरिद तथा बिक्रीदर तोकेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार वाणिज्य बैंक तथा अन्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने केही फरक हुन सक्ने जनाएको छ। विदेशी मुद्राको खरिद तथा बिक्रीदर नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ।