अ+
अ
अ-
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पछिल्लो परिस्थितिबारे धैर्य गर्न आग्रह गर्दै छोटो सन्देश सार्वजनिक गरेका छन्।
शाहले ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।’ भन्दै धैर्य गर्न आग्रह गरेका छन्।
उनले आफूले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताएका छन्। शाहले भनेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ।’
त्यस्तै, उनले परिस्थितिमा कहिलेकाहीँ एक्लै लड्नुपर्ने उल्लेख गर्दै ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’ भनेका छन्।
शाहको यो अभिव्यक्तिलाई पछिल्लो राजनीतिक परिस्थितिप्रति संकेतका रूपमा समेत लिन सकिने देखिन्छ।


