हिमाल आरोही गुरुङको अन्त्येष्टि

अ+
अ
अ-

काठमाडौं। हिमाल आरोही पूर् बहादुर गुरुङको शुक्रबार काठमाडौंको स्वयम्भूमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।

पाकिस्तानको बोर्ड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी गुरुङको मृत्यु भएको थियो। उक्त दुर्घटनामा गुरुङसहित १० जना आरोहीको ज्यान गएको जनाइएको छ।

गुरुङको पार्थिव शरीरमा गृहमन्त्री सुदन गुरुङ, पूर्वसांसद इन्दिरा राणा मगर तथा नेपाल पर्वतारोहण संघका पदाधिकारीलगायतले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका थिए।