काठमाडौ । प्रधानमन्त्री बालेन साहका तर्फबाट संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा शर्त तथा सुविधासम्बन्धी संशोधित विधेयक आज सङ्घीय संसदको प्रतिनिधिसभामा पेश गरिने भएको छ।
प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा शर्त र सुविधासम्बन्धी (संशोधन) विधेयक, २०८३ संसद बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसअघि मन्त्रिपरिषद्ले संवैधानिक निकायका पदाधिकारीहरूले हाल प्राप्त गर्दै आएको दोहोरो पारिश्रमिक तथा सेवा सुविधा हटाउने निर्णय गर्दै सम्बन्धित कानुनी व्यवस्था संशोधनका लागि विधेयक संसदमा पेश गर्ने निर्णय गरेको थियो।
प्रस्तावित संशोधनमार्फत पदाधिकारीहरूले दोहोरो सुविधा लिन नपाउने व्यवस्था गर्दै एकतर्फी मात्र पारिश्रमिक तथा सेवा सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था गरिने सरकारको तयारी छ।
विधेयक संसदबाट पारित भएपछि संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा शर्त तथा सुविधासम्बन्धी व्यवस्थामा आवश्यक संशोधन लागू हुने छ।


