आज प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक र एक प्रतिवेदनमाथि छलफल हुने

अ+
अ
अ-

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठकमा चार वटा विधेयक र एक प्रतिवेदनमाथि छलफल तथा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

कार्यसूचीअनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस गर्नेछन्।

त्यसैगरी प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सौविता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले खानी तथा खानीजन्य पदार्थ सम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्नेछिन्। त्यस्तै महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिला बेचबिखन तथा ओसारपसार (पहिलो संशोधन) विधेयक, २०८३ पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

यता, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठक पनि आज बिहान १० बजे बस्ने भएको छ। बैठकमा विद्युत् वितरण लाइन तथा पोल समयमै व्यवस्थापन नहुँदा सडक निर्माणमा भइरहेको ढिलाइबारे सम्बन्धित निकायसँग छलफल गरिने जनाइएको