सुनकोशीमा हामफालेका वृद्ध दम्पतीको खोजी तीव्र

अ+
अ
अ-

काभ्रेपलान्चोक। भुम्लु गाउँपालिका-८ स्थित दाेलालघाटमा सुनकोसी नदीमा हामफालेर बेपत्ता भएका वृद्ध दम्पतीको खोजी कार्य तीव्र पारिएको छ।

बुधबार साँझ मण्डनदेउपुर नगरपालिका–७ का केदारनाथ पराजुली र उनकी श्रीमती तिलकुमारी पराजुली सुनकोसी नदीमा हामफालेपछि बेपत्ता भएका थिए।

प्रहरीले र्‍याफ्टिङ टोलीको सहयोगमा दाेलालघाट आसपासको क्षेत्रमा उनीहरूको खोजीलाई तीव्र बनाएको छ।