काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ देखि सरकारी कर्मचारीको तलब तथा अन्य सेवा ,सुविधा वृद्धि लागू गरेको छ।
साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले बजेटमार्फत घोषणा गरिएको १० प्रतिशत तलब वृद्धि कार्यान्वयन गर्ने निर्णय गर्दै नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा प्रोत्साहन भत्तासहित कर्मचारीको सेवा–सुविधा बढाएको हो।
नयाँ व्यवस्था अनुसार मुख्य सचिवको मासिक तलब ८४ हजार ९३२ रुपैयाँ कायम गरिएको छ। राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीको तलब ७९ हजार २९० रुपैयाँ तथा पेन्सन प्रयोजनका लागि ६६ हजार ५३९ रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै, राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीले ६२ हजार ४६६ रुपैयाँ, द्वितीय श्रेणीका कर्मचारीले ५३ हजार ६११ रुपैयाँ र तृतीय श्रेणीका कर्मचारीले ४८ हजार ५९ रुपैयाँ मासिक तलब पाउने भएका छन्।
राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारीको अतिरिक्त मान (पेन्सन प्रयोजनका लागि) ४१ हजार ५१७ रुपैयाँ तथा आधार तलब ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी राजपत्र अनङ्कित द्वितीय श्रेणीका कर्मचारीको अतिरिक्त मान (पेन्सन प्रयोजनका लागि) ३७ हजार ४०७ रुपैयाँ निर्धारण गरिएको छ भने तृतीय श्रेणीका कर्मचारीले ३० हजार ३३७ रुपैयाँ पाउने छन्।
चतुर्थ श्रेणीका कर्मचारीको मासिक तलब २८ हजार ६९० रुपैयाँ कायम गरिएको सरकारले जनाएको छ।
सरकारले कर्मचारीको मनोबल अभिवृद्धि, सेवा–सुविधामा सुधार तथा महँगीलाई मध्यनजर गर्दै तलब वृद्धि गरिएको जनाएको छ


