अ+
अ
अ-
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ थेचुङस्थित नागढुङ्गामा प्रहरीले नियमित चेकजाँचका क्रममा चोरीका दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
घटनामा एक जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो १ः४० बजे प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा धादिङको गजुरी गाउँपालिका–५ निवासी २१ वर्षीय बेलबहादुर तामाङलाई पक्राउ गरेको हो। उनी चोरीको बा.प्र.०२–०४२ प ८२८० नम्बरको मोटरसाइकलसहित पक्राउ परेका हुन्।
त्यसै क्रममा प्रहरीले बा.प्र.०२ प १६६३ नम्बरको अर्को मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ।


