अ+
अ
अ-
काठमाडौ । काठमाडौं उपत्यकामा केही ग्यास उद्योगको उच्च मागलाई मध्यनजर गर्दै टेकुस्थित निगम कार्यालयबाट ग्यास उपलब्ध गराइएको छ।
शनिबारदेखि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म नेपाल ग्यास, एनबी ग्यास, एस्ट्रल ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
निगमले एलपी ग्यासको आयात तथा वितरण नियमित रहेको उल्लेख गर्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद वा अनावश्यक मौज्दात नगर्न आग्रह गरेको छ। बजारमा ग्यासकाे कालाेबजारी भएकाे थाहा भएमा,मौज्दात भेटिएमा, साथै कुनै समस्या वा गुनासो भए निगमको हटलाइन नम्बरमा जानकारी गराउन अनुराेध गरेको छ ।
तर अत्याधुनिक माग भएको कारण पर्याप्त ग्यास उपलब्ध गराउन निगम असमर्थ भएको निगमले जनाएको छ।


