अ+
अ
अ-
काठमाडौ । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस ग्वार्को फ्लाईओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका ६ जनाको बीएन्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार तीव्र गतिका कारण बस अनियन्त्रित भई फ्लाईओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


