विश्वविद्यालय अनुदान आयोगमा के.सी. नियुक्त

अ+
अ
अ-

काठमाडौ । विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर के.सी.लाई नियुक्ति गरिएको छ। बुधबार बसेकाे मन्त्रि परिषद्काे बैठकले के.शी. लाई नियुक्त गर्ने निर्णय गरेकाे हो ।

पर्वत स्थायी ठेगाना भएका उनले सबै विश्वविद्यालयहरुकाे समन्वय गर्नु पर्ने छ। यस्तै सदस्यसचिव पदमा प्रा. डा. राजेश श्रेष्ठ (भोजपुर) लाई नियुक्त गरेको हो ।

सरकारका प्रबक्ता सस्मित पाेखरेलका अनुसार मन्त्रि परिषद्काे निर्णय के.सि.लाई अध्यक्षकाे जिम्मेवारी ताेकिएकाे जानकारी दिए ।