नेपाल इन्टरमोडल यातायात विकास समिति खारेज

अ+
अ
अ-

काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको नेपाल इन्टरमोडल यातायात विकास समिति खारेज गर्ने निर्णय गरेको छ।

नेपाल इन्टर माेडल यातायात विकास समिति गठन आदेश “२०६४´´ अनुरुप समिति चलेकाे थियो । सरकारका प्रबक्ता सस्मित पाेखरेलले उक्त समितिलाई नेपाल परिवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्ने निर्णय भएको जानकारी दिए।

नेपाल अधिराज्यभर तथा नेपालबाट बाहिर निकासी हुने र नेपालभित्र पैठारी हुने व्यापारिक मालवस्तुको निकासी–पैठारीलाई व्यवस्थित, सरल, सुगम र प्रतिस्पर्धी बनाउने उद्देश्यले उक्त समिति स्थापना गरिएको थियो। समितिले सीमापार व्यापारको व्यवस्थापन तथा नियमनका लागि टर्मिनल सञ्चालन, मालवस्तु ढुवानी व्यवस्थापन तथा व्यापार सहजीकरणमा भूमिका निर्वाह गर्दै आएको थियो।

सरकारले नेपाल पारवहन तथा गाेदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्ने गरि आबाश्यक प्रकृया थाल्न स्वीकृति प्रदान गरेकाे छ। मन्त्री परिषदकाे निर्णयले स्वीकृति गरेको छ।