मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक

अ+
अ
अ-

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ। बैठकले गरेका मुख्य सात निर्णय सरकारका प्रवक्ता सस्मित पाेखरेल सार्वजनिक गरेका छन्।

सार्वजनिक गरिएका निर्णयहरूमा तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ चरणबद्ध रूपमा देशभर लागू गर्ने, बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने, विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी नियुक्त गर्ने लगायतका विषय समावेश छन्।

त्यस्तै, सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचार र राहतको व्यवस्था गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।