स्वास्थ सेवा ऐन कार्यान्वयनकाे सहमति पछि ज्याेतिले ताेडिन अनसन

अ+
अ
अ-

काठमाडौं । विभिन्न माग राख्दै साउन १४ गतेदेखि सत्याग्रहमा बसेकी नर्स ज्योति राणाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ। सहमतिपछि राणाभाटले आज बिहान आफ्नो अनसन तोडेकी छन्।

स्वास्थ्य तथा खाद्य स्वस्थ्यता मन्त्रालयको तर्फबाट भएको वार्तापछि दुवै पक्षबीच १९ बुँदे सहमति भएको हो। सहमतिसँगै लामो समयदेखि जारी सत्याग्रह पनि औपचारिक रूपमा अन्त्य भएको छ।

सहमतिका प्रमुख बुँदामध्ये ‘एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ सम्बन्धी मागलाई सम्बोधन गर्न आवश्यक कानुनी संशोधन प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ। यसअन्तर्गत नर्स, मिडवाइफ तथा अन्य स्वास्थ्यकर्मीलाई समेत लागू हुने गरी व्यवस्था मिलाउन सरकार सहमत भएको छ।

त्यसैगरी, नेपाल नर्सिङ परिषद्ले निरन्तर व्यावसायिक विकास कार्यान्वयन फ्रेमवर्क तयार गरी एक महिनाभित्र कार्यान्वयन प्रक्रिया सुरु गर्ने सहमति पनि भएको छ।