नबिल बैंकको नाफा र वित्तीय सूचकमा सुधार, कर्जा १२.५२ प्रतिशतले बढ्यो

अ+
अ
अ-

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणमा उल्लेखनीय सुधार गर्दै नाफासहित अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ।

बैंकका अनुसार गत आर्थिक वर्षमा कुल कर्जा १२.५२ प्रतिशतले वृद्धि भई ४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप संकलन पनि बढेर ६ खर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ। वाणिज्य बैंकहरूमध्ये नबिल बैंकको बजार हिस्सा करिब ९ प्रतिशत रहेको उल्लेख गरिएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ४.२ प्रतिशतले वृद्धि भई १७ अर्ब रुपैयाँ पुगेको छ।

बैंकले समग्र आर्थिक तथा वित्तीय क्षेत्रका चुनौतीपूर्ण परिस्थितिका बीच पनि सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा गुणस्तरीय कर्जा व्यवस्थापनलाई प्राथमिकता दिँदै वित्तीय सुदृढता कायम राख्न सफल भएको जनाएकाे छ।