उकालो लाग्यो सुनको मूल्य,प्रतितोला २ लाख ८८ हजार रुपैयाँ

अ+
अ
अ-

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ उचाइ छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ।

मंगलबारको तुलनामा सुनको मूल्य ३ हजार रुपैयाँले वृद्धि भएको हो। मंगलबार छापावाला सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार १ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। यता, चाँदीको मूल्य पनि प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ।