काठमाडौं। नेकपा एमालेभित्र प्रदेश सरकार गठनको विषयलाई लिएर आन्तरिक विवाद चुलिएको छ। सत्ता गठबन्धनकाे लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेबीच सरकार गठनको कसरत भइरहँदा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा नदिने अडान राखेपछि विवाद थप चर्किएको छ।
स्रोतका अनुसार ओलीले कोशी प्रदेशमा नयाँ सत्ता समीकरण बनाउन कार्कीलाई गुण्डुमा राजीनामा दिन दबाब दिएका थिए। तर कार्कीले आफूले पद छाडेमा“ संवैधानिक जटिलता उत्पन्न हुने र त्यसले राम्रो राजनीतिक सन्देश नजाने´´ भन्दै राजीनामा दिन अस्वीकार गरेका हुन्।
कार्कीलाई मनाउन ओलीले पूर्वमुख्यमन्त्री शेरधन राईलाई समेत विराटनगर पठाएका थिए । यसअघि कोशी प्रदेशका एमाले सांसदहरूबीच पनि यस विषयमा पटक–पटक छलफल भएको थिए।
बागमतीमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफूलाई मुख्यमन्त्री हुन पर्ने दाबी गरेका थिए। गुण्डुबाट सकारात्मक संकेत नपाएपछि उनी केपि ओलीकै अगाडि ढलेका थिए। उनलाई बुधबार वीर अस्पताल भर्ना गरिएको थियो । हाल आईसीयुमा उनको उपचार भइरहेको छ।
प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा दलहरूबीच सहमति हुन नसक्दा सरकार गठन प्रक्रिया लम्बिएको छ भने एमालेभित्र पनि नेतृत्वको निर्णयलाई लिएर असन्तुष्टि बढ्दै गएको छ।


