अ+
अ
अ-
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले १४.२ केजी क्षमताका एलपी ग्यास सिलिन्डरको बिक्री-वितरण खुला गरिएको जनाएको छ। निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै हाल बजारमा दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेको जनाएको हो ।
निगमका अनुसार भरी ग्यास सिलिन्डरको बिक्री-वितरण सुरु भएपनि कतिपय स्थानमा ग्यास अभाव भएको उपभोक्ताकाे गुनासो छ। त्यसैले ग्यास उद्योगी तथा विक्रेतालाई सहज र व्यवस्थित रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिइएको छ।
यता बजारमा ग्यास नपाएर उपभोक्ताहरु लाइनमा बस्न बाध्य छन् । साल्ट ट्रेडिङ कर्पाेरशन लिमिटेड टेकुले डिपाेबाट ग्यास वितरण गरेपछि उपभोक्ता सिलिन्डर बाेकेर टेकु पुगेका छन् ।सरकार र ग्यास व्यबसायी बिच मंगलबार छलफल भएको थियो । उपभोक्ताको घरमा सिलिन्डर थुप्रिएकाे कारण पर्याप्त वितरण हुन नसकेकाे उनीहरूको भनाइ थियो ।


