अ+
अ
अ-
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल सुरु गरेका छन्।
मङ्गलवार बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको छलफलमा समसामयिक राजनीतिक अवस्था, विकास निर्माण तथा सुदूरपश्चिमसँग सम्बन्धित विभिन्न विषयमा कुराकानी भइरहेको स्रोतले जनाएको छ।
छलफलमा सहभागी सांसदहरूमा ताराप्रसाद जोशी, खेमराज काेइराला , हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महत, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल रहेका छन्।
सहभागी सांसदहरू सुदूरपश्चिम प्रदेशबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरू हुन् ।


