अ+
अ
अ-
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट सोमबार प्रदेश ३–०१–०२४ च ५५७३ नम्बरको कार सुनकोसी नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कारमा सवार तीन जना बेपत्ता छन् । उनीहरूमध्ये तीनपाटन गाउँपालिका–९, डाँडाखर्कका १७ वर्षीय सुजन बलमपाकी मगरको पहिचान खुलेको छ।
बेपत्ता हुने अन्य दुई जना जुगल गाउँपालिकाका ३९ वर्षीय दिलबहादुर दिलकुमार लामा (पूर्व वडाध्यक्ष) र गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा रहेका छन्।
उनिहरुकाे खाेजीकार्य जारी छ। साेमवार नै गाेताखाेर लगाएर खाेजी सुरु गरिएको थियो ।


