अ+
अ
अ-
काठमाडौं । काठमाडौं प्रहरीले चोरी भएको स्कुटरसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बूढानीलकण्ठ नगरपालिका-१२ स्थित नीलो माइक्रो पार्क नजिकबाट बा ६३ प ५१५७ नम्बरको टिभिएस कम्पनीको स्कुटर हराएको भन्दै प्रहरी प्रभाग कपनमा निवेदन परेको थियो। त्यसपछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो।
खोजतलासकै क्रममा काठमाडौं महानगरपालिका-७ सरस्वतीनगरबाट काठमाडौं-७ चुच्चेपाटी निवासी २२ वर्षीय विशाल गिरिलाई स्कुटरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले गिरिविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।


