राष्ट्रिय सभा सदस्य कांग्रेस इतर समूहमा,राष्ट्रिय एकता भेलामा १३ सय प्रतिनिधि

+
-

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन १९ गते काठमाडौंमा राष्ट्रिय एकता भेला आयोजना गर्ने भएको छ।

इतर समूहका नेता नैनसिंह महरले काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा देशभरका नेता तथा कार्यकर्ताको सहभागितामा राष्ट्रिय एकता भेला हुने पत्रकार सम्मेलनमा जनाएका थिए।

महरका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्र , ७५३ स्थानीय तहबाट र ३३० प्रदेश सभाका प्रतिनिधिहरू भेलामा सहभागी हुनेछन्। उनले कांग्रेसलाई थप सुदृढ, एकताबद्ध र जनतामुखी बनाउन संगठनात्मक संरचनासहित अघि बढाउने उद्देश्यले राष्ट्रिय एकता भेला आयोजना गर्न लागेकाे बताए ।

राष्ट्रिय एकता भेला अभियानमा राष्ट्रिय सभा सदस्य रंजित कर्ण, पूर्व केन्द्रीय सदस्य महर, र भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठी लगायत सहभागी छन् ।