उत्तेजक अभिव्यक्ति दिएका प्रसाईं पक्राउ

अ+
अ
अ-

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले उनलाई आइतबार भक्तपुरबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पत्रकार सम्मेलनमार्फत सार्वजनिक रूपमा दिएका केही अभिव्यक्तिले सामाजिक सद्भाव तथा सार्वजनिक शान्ति–सुरक्षामा प्रतिकूल असर पर्न सक्ने देखिएकाले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउअघि प्रसाईंले पत्रकार सम्मेलन गर्दै हिन्दू माेर्चा र गृहमन्त्री सुदन गुरुङले गरेको सहमतिअनुसार सरकार अघि नबढे आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनले सरकारसँग भएको सहमति तथा मागपत्र कार्यान्वयन गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए।