काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि इन्धनको खुद्रा बिक्री मूल्य समायोजन गरेको जनाएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट २०२६ जुलाई ३१ (२०८३ साउन १५) मा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ १९ पैसा, डिजेलमा ३ रुपैयाँ ७६ पैसा र हवाई इन्धनमा प्रतिलिटर ११ रुपैयाँ ७ पैसासम्म मूल्य बढेर आएको निगमले जनाएको छ।
उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिको निर्णयअनुसार २०८३ साउन १८ गते सोमबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी नयाँ खुद्रा बिक्री मूल्य निर्धारण गरिएको हो।
नयाँ मूल्य पहिलो वर्ग प्रतिलिटर रु. १९७.५०,दोस्रो वर्ग प्रतिलिटर रु. १९९.००,तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल) प्रतिलिटर रु. २००.००,डिजेल/मट्टितेल,पहिलो वर्ग प्रतिलिटर रु. १९७.५० दोस्रो वर्ग प्रतिलिटर रु. १९९.०० तेस्रो वर्ग प्रतिलिटर रु. २००.०० आन्तरिक हवाई इन्धन प्रतिलिटर रु. २४९.००,अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौंका लागि प्रतिकिलोलिटर १३१ अमेरिकी डलर वृद्धि गरिएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक-इभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको छ।
एलपी ग्यास: १४.२ केजीको सिलिन्डर रु. २,०६० मा यथावत् कायम गरिएको छ। निगमका अनुसार मूल्य समायोजनपछि पनि वार्षिक रूपमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण उपभोक्ताले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाइदिन निगमले आग्रह गरेको छ।


