बनेपामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ, नगद ९० हजार बरामद

अ+
अ
अ-

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक प्रहरीले बनेपा नगरपालिका–६ बुडोलस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार आइतबार साँझ विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले बुडोलस्थित रेस्टुरेन्टमा छापा मारेको थियो।

छापाका क्रममा होटलभित्र जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये होटल सञ्चालक सहित सन्ताेष तिमल्सिना,पासाङ तामाङ ,कुनसाङ तामाङ ,रुपेश रानामगर ,कुलबहादुर रानामगर, सुजन नेपाली ,धनबहादुर धिताल छन् ।

प्रहरीले घटनास्थलबाट एक बुक तास र नगद रु. ९० हजार ३६५ बरामद गरेको जनाएको छ।